Birano Desh

बिरानो देशमा

पिर प¥यो मनमा
गीत गाएँ वनमा
सुनिदिने कोही छैन
मै परेँ पिरैमा

बिरानो देशमा
मै मरेँ भने
रोइदिने कोही छैन
रोइदिने कोही छैन
मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा

विदेशमा हुँदा
धुरुधुरु रुँदा
आँसुले रुझेको
हो ...विदेशमा हुँदा
धुरुधुरु रुँदा
आँसुले रुझेको
गोठमा भाको
हलगोरु बेची
साहूलाई बुझाको

दुःखीको घरमा
निभेको आगो
बाल्दिने कोही छैन
मै परेँ पिरैमा
हो हो ... मै परेँ पिरैमा

बिरानो देशमा
मै मरेँ भने
रोइदिने कोही छैन
रोइदिने कोही छैन
मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा
गोठालो जाँदा
साउने झरी
घुम-छाता ओढेको
हो ...गोठालो जाँदा
साउने झरी
घुम-छाता ओढेको
गाई-भैँसी चर्दा
तिमी नहुँदा
मन मेरो रोएको

पातलमा जाँदा
घाँस-दाउरा काट्दा
साथ दिने कोही छैन
मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा

बिरानो देशमा
मै मरेँ भने
रोइदिने कोही छैन
रोइदिने कोही छैन
मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा
हो हो ...मै परेँ पिरैमा



Credits
Writer(s): Drip Chamling
Lyrics powered by www.musixmatch.com

Link