Machine

दिनभरी यो शहरले मलाई मेसिन बनाउँछ
दिनभरी यो शहरले मलाई मेसिन बनाउँछ
समयको चाल सँगै दौडाउँंछ
घरी कुदाउँछ
घरी सुस्तरी हिँडाउँछ
घरी सुस्तरी हिँडाउँछ

प्रदर्शनीमा राखेको डमी झै हरेक पल मुस्कुराई बस भन्छ
प्रदर्शनीमा राखेको डमी झै हरेक पल मुस्कुराई बस भन्छ
मन भित्र बिद्रोहको आगो भर्भराए पनि
निभाएर चुपचाप लाग भन्छ
निभाएर चुपचाप लाग भन्छ
दुख्छु थक्छु सहेर बस भन्छ
दिनभरी यो शहरले मलाई मेसिन बनाउँछ

जब रात पर्छ तब म मान्छे हुन खोज्छु दिल खोलेर रुन्छु
जब रात पर्छ तब म मान्छे हुन खोज्छु दिल खोलेर रुन्छु
उन्मुक्त हासो हास्छु दुख्छु थाक्छु सहेर बस्छु
दुख लुकाएर फिस्स हाँस्छु
दुख लुकाएर फिस्स हाँस्छु
दिनभरी यो शहरले मलाई मेसिन बनाउँछ
समयको चाल सँगै दौडाउँंछ
घरी कुदाउँछ
घरी सुस्तरी हिँडाउँछ
घरी सुस्तरी हिँडाउँछ



Credits
Writer(s): Dipa Rai
Lyrics powered by www.musixmatch.com

Link