Jhuto Aasha

अनगिन्ती सपना बीच, निसासिएको जिन्दगी मेरो
भ्रममै बाँचिरहेछु, मात्र कल्पना ठूलो मेरो
कोही त भइदिए हुन्थ्यो, मेरो दुःखमा साथ दिने
अनि मेरो खुसीमा, मसँगै हाँसी दिने
यस्तै आशा बोकी भरिए मनका कोठाहरु,

अझैपनि तिम्रो यादले, सताउँछ मलाई
डरलाग्दो सपनाहरुले, ब्यूँझउछ मलाई
औंसीको रात पछि, आउने सुन्दर बिहानी
जीवनमा मेरो आउँछ, कहिले भनी
यस्तै आशा बोकी भरिए मनका कोठाहरू,

झुटो आशा अनि ती झूटा कसमहरु,
झुटो माया अनि ती झूटा साथहरु,
झुटो रात अनि ती झूटा तारा हरु,
झुटो प्रेम अनि ती झूटा यादहरु,



Credits
Writer(s): Amit Pandey
Lyrics powered by www.musixmatch.com

Link