A Saili

उकालीको बर-पिपलमा भारी बिसाउने चौतारी
उकालीको बर-पिपलमा भारी बिसाउने चौतारी

ए साइँली, जीवन बिसाउने छ कि छैन कोही दौतरी?

तिमी नि एक्लै, म पनि एक्लै, कति हिँड्ने हो भौतारिई?

ए साइँली, जीवन बिसाउने छ कि छैन कोही दौतरी?
आ, हा, आ, हा, आ, हा, आ, हा

बादल गर्ज्यो, पानी है पर्यो त्यो पारि वनैमा
थोरै मात्र ठाउँ भए पुग्छ तिम्रो त्यो मनैमा
बादल गर्ज्यो, पानी है पर्यो त्यो पारि वनैमा
थोरै मात्र ठाउँ भए पुग्छ तिम्रो त्यो मनैमा

माग्दिन अरु केही पनि त, नरिसाऊ न यसरी

ए साइँली, जीवन बिसाउने छ कि छैन कोही दौतरी?
आ, हा, आ, हा, आ, हा, आ, हा

सिमली भुवाजस्तो यो जीवन उडेर गैजाला
ढल्किन्छ उमेर, काटेको बैँस कसले पो लैजाला
सिमली भुवाजस्तो यो जीवन उडेर गैजाला
ढल्किन्छ उमेर, काटेको बैँस कसले पो लैजाला

बिन्ती बिसाउँदा नबोली बस्न सकेको, माया, कसरी?

ए साइँली, जीवन बिसाउने छ कि छैन कोही दौतरी?
आ, हा, आ, हा, आ, हा, आ, हा



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link