Ma timro

म तिम्रो आँखाको नानीमा बसूँ
म तिम्रो मुटुको धुकधुकी बनूँ
सधैँ रम्न भई हाँसी खुसी
राख्नेछु तिमीलाई
प्रिय सधैं

साचि राख्नेछु म तिमीलाई
मेरो यो जीवन भरीलाई
माया गर्छु म तिमीलाई
कसरी व्यक्त गरु यी भावनाहरुलाई

म तिम्रो छाया बनी सधैं बसूँ
म तिम्रो मनमा सधैं रहिरहु
हरेक पाइलाहरुका
साथमा म हुनेछु
तिम्रो हात समाइ
साथ म दिनेछु

साचि राख्नेछु म तिमीलाई
मेरो यो जीवन भरीलाई
माया गर्छु म तिमीलाई
कसरी व्यक्त गरु यी भावनाहरुलाई



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link