Gau Gharako Samjhanale

गाउँघरमा तिम्रो यादले मुटु रेटिन्छ
फर्की आउनू, मायालु, छिटै भेट हुन्छ
गाउँघरमा तिम्रो यादले मुटु रेटिन्छ
फर्की आउनू, मायालु, छिटै भेट हुन्छ
फर्की आउनू, मायालु, हो, छिटै भेट हुन्छ

तिमीबिना यो जिन्दगी काटूँ म कसरी?
मनका सुखदुःखहरू साटूँ म कसरी?
तिमीबिना यो जिन्दगी काटूँ म कसरी?
मनका सुखदुःखहरू साटूँ म कसरी?
निशानी छ सिन्दूर, पोते, चुरा अनि टिकी
सधैँ सन्चै छु भनेर ढाँटूँ म कसरी?

गाउँघरमा तिम्रो यादले मुटु रेटिन्छ
फर्की आउनू, मायालु, छिटै भेट हुन्छ
गाउँघरमा तिम्रो यादले मुटु रेटिन्छ
फर्की आउनू, मायालु, छिटै भेट हुन्छ
फर्की आउनू, मायालु, हो, छिटै भेट हुन्छ

नमस्ते, म हजुरहरूकै प्यारी गायिका, समीक्षा अधिकारी
र आज हजुरहरूकै मायाममताले गर्दा म यो स्तरमा छु
यो गीतचाहिँ हजुरहरूलाई कस्तो लाग्यो?
र यो गीत, lyrics लेख्ने दादाचाहिँ अहिले मलेसियामा हुनुहुन्छ
उहाँको नामचाहिँ विवेक सिंह ठकुरी हो
र उहाँलाई म धेरै-धेरै धन्यवाद दिन चाहन्छु यस्तो मीठो गीत लेख्दिएकोमा
हजुरलाई एकदम धेरै धन्यवाद छ, दादा, यो मेरो भिडियो हेर्नुभएको छ भने पनि

र हजुरहरूलाई यो गीत कस्तो लाग्यो?
धेरैभन्दा धेरै share गर्दिनुहोला, comment पनि लेख्दिनुहोला
मन परेमा like पनि गर्दिनुहोला
र यस्तै मेरो सुरिलो स्वर, मीठो स्वर सुन्न मन छ भने
मेरो च्यानललाई पनि एकदम subscribe गर्दिनुहोला, thank you!



Credits
Lyrics powered by www.musixmatch.com

Link