Timi Royeko Pal

तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला
तर तिमीसँगै म रोइदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसँगै म मरिदिन सक्छु

तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला
तर तिमीसँगै म रोइदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसँगै म मरिदिन सक्छु

यति कुरा जान तिमी, मैले भन्या मान तिमी
मलाई आफ्नै ठान तिमी
सुनको महल छैन होला, धनी म होइन होला
रहर पूरा गर्न नसकुँला

तर मायाले जीवन भरिदिन सक्छु
हो, तर मायाले जीवन भरिदिन सक्छु
Hm, म त तिमीसँग नै...

कहाँ हुन्छ र धनको माया धनी? मनको माया पो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर, म राख्छु तिम्लाई सधैँ खुशी पारी
हो, हो, कहाँ हुन्छ र धनको माया धनी? मनको माया पो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर, मैले राख्छु तिम्लाई सधैँ खुशी पारी

झरी परेको पल तिमीलाई ओत लाउन नसकुँला
तर तिमीसँगै म रुझिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसँगै म मरिदिन सक्छु

कहाँ हुन्छ र सधैँ जित मात्र? हार पनि त सहनुपर्छ
जीवनको हरेक पलहरूमा सँगसँगै रहनुपर्छ
Mm, कहाँ हुन्छ र सधैँ जित मात्र? हार पनि त सहनुपर्छ
जीवनको हरेक पलहरूमा सँगसँगै रहनुपर्छ

तिमी हारेको पल तिमीलाई जिताउन नसकुँला
तर तिमीसँगै म हारिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसँगै म मरिदिन सक्छु

यति कुरा जान तिमी, मैले भन्या मान तिमी
मलाई आफ्नै ठान तिमी
सुनको महल छैन होला, धनी म होइन होला
रहर पूरा गर्न नसकुँला

तर मायाले जीवन भरिदिन सक्छु
हो, तर मायाले जीवन भरिदिन सक्छु
Mm, म त तिमीसँग नै...



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link