Jhilimili Sitara

झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि
जाई जुही चम्पा झैं तिम्रो लागि फूलिरहूँ कि
जाई जुही चम्पा झैं तिम्रो लागि फूलिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि

भीरपाखा पखेरोमा गुराँस झैं फूलुँफूलुँ लाग्यो
हो भीरपाखा पखेरोमा गुराँस झैं फूलुँफूलुँ लाग्यो
तिम्रो घर आँगनीमा भमरा झैं डुलुडुलु लाग्यो
झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि

धानको बाला झैं गरा भरि झुलुँझुलुँ लाग्यो
हो धानको बाला झैं गरा भरि झुलुँझुलुँ लाग्यो
सप्तरंगी इन्द्रेणी झैं तिमीलाई ढाकुँढाकुँ लाग्यो
झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि
झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
झिलमिल सितारा भई तिम्रै सामु सजिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि
जाई जुही चम्पा झैं तिम्रो लागि फूलिरहूँ कि
जाई जुही चम्पा झैं तिम्रो लागि फूलिरहूँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि
नझिम्काई परेली तिमीलाई हेरिरहुँ कि



Credits
Writer(s): Aalok Shree
Lyrics powered by www.musixmatch.com

Link