Chiya Ko Botma (K Yo Maya Ho) - Alternative Version

चियाको बोटमा मुना पलाएझैँ
सानु, मनमा माया पलायो
रातमा नीद छैन, दिनमा चैन छैन
सानु, भोकतिर्खै हरायो
यो मायाले के गरायो? हो-हो
मायाले के गरायो?

यो संसार यति रमाइलो होला मैले सोचेकै थिइन
तिम्रो आगमनले वसन्त छाएको छ मेरो जीवनमा
तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दै छु

के यो माया हो?
के यो माया हो आज जे महसुस म गर्दै छु?
के यो माया हो?
के यो माया हो? हेर, सिमलको भुवाजस्तै आकाशमा म उड्दै छु



Credits
Lyrics powered by www.musixmatch.com

Link