Sabai Bakwaas

मनलाई चोखो राखि
ओठको बोली मीठो वर्ण बोलेर
आँखामा त्यो ज्योति बालि
उज्यालो खोजी अन्धकारलाई छलेर
भन के नै हुने होर साथ कसले दिने होर
संसारलाई बुझेर
जति बुझ्नु बुझि सक्यो
बुझेर पनि आउँछ मन पोलेर

हेर सबैको पीडा उस्तै हो
सुनौलो बिहानीको लागि रात परेको
सँधै हाँसो र खुसी त्यस्तै हो
यो सब कुरा सुनेकै हो, बुझेकै हो

त्यैपनि किन यो मन सोचि रहन्छ खाली बक्वास?

दुखेको मन मेरो टुटेको छैन
छुटेका साथ सबै तोडेको हैन
साथ देउ तिमी मलाई दिने छु मन
मन दिई हेर मलाई दिने छु प्राण

मन पनि दिई सक्यो
प्राण पनि दिई सक्यो
के नै भो दिएर
जति दिनु दिई सक्यो
दिएर पनि जान्छ मन तोडेर

हेर सबैको पीडा उस्तै हो
सुनौलो बिहानीको लागि रात परेको
सँधै हाँसो र खुसी त्यस्तै हो
यो सब कुरा सुनेकै हो, बुझेकै हो

त्यैपनि किन यो मन सोचि रहन्छ खाली बक्वास?
के म झूठो हुँ र मेरो कुरा सबै बक्वास?
त्यैपनि किन यो मन सोचि रहन्छ खाली बक्वास?
के म झूठो हुँ र मेरो कुरा सबै बक्वास?



Credits
Writer(s): Rohit Bomzan
Lyrics powered by www.musixmatch.com

Link