Suntala Rang

सुन्तला रङ्ग, नौजोबानसँग, सुन्तला रङ्ग, नौजोबानसँग
फूलको थुँगा के राम्रो, बहिनी! कदम फूलको लाली जोबान
सुन्तला रङ्ग, नचिनेकोसँग, सुन्तला रङ्ग, नचिनेकोसँग
बोल्न पनि मन छैन, दाजै, कदम फूलको लाली जोबान

कहाँ होला नि घर? क्या हो तिम्रो थर? कहाँ होला नि घर? क्या हो तिम्रो थर?
माया त त्यसै हुर्के कि, बहिनी, कदम फूलको लाली जोबान
माइतैमा बसी हुर्केकी चेली, माइतैमा बसी हुर्केकी चेली
केलाई थर सोधेको, दाजै? कदम फूलको लाली जोबान

बल्लमा तल्ल भेटै भाकाे हाम्रो, बल्लमा तल्ल भेटै भाकाे हाम्रो
त्यसैकारण थर सोध्यो, बहिनी, कदम फूलको लाली जोबान
डोकाको काम्रो माया तिम्रो-हाम्रो, डोकाको काम्राे माया तिम्रो-हाम्रो
मन मिलेको के राम्रो, दाजै! कदम फूलको लाली जोबान

फूलबारी गएँ, फूलै टिपी ल्याएँ, फूलबारी गएँ, फूलै टिपी ल्याएँ
लाइदिने कोही छैन, बहिनी, कदम फूलको लाली जोबान
नाकैमा फुली, कानैमा ढुङ्ग्री, नाकैमा फुली, कानैमा ढुङ्ग्री
कपालैमा फूल लगाऊँ, दाजै, कदम फूलको लाली जोबान

फूलबारी जाउँला, फूल टिपी ल्याउँला, फूलबारी जाउँला, फूल टिपी ल्याउँला
फूलको थुँगा लगाउँला, लैलै, कदम फूलको लाली जोबान
फूलको थुँगा लगाउँला, लैलै, कदम फूलको लाली जोबान
फूलको थुँगा लगाउँला, लैलै, कदम फूलको लाली जोबान
फूलको थुँगा लगाउँला, लैलै, कदम फूलको...



Credits
Writer(s): Krishna Bikram Thapa
Lyrics powered by www.musixmatch.com

Link