Chhatima Haat Rakhera

मान्छे-मान्छेमा के नै फरक छ र?
तिमी हाँस्छौ म हाँस्छु, तिमी रुँन्छौ म रुन्छु
आखिर मान्छे मान्छेमा के नै फरक छ र?

छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने त

मान्छे-मान्छे एउटै भन्ने थाह हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो

तिमीले लिने हावा मैले लिने हावा
तिमीले पिउने पानी मैले पिउने पानी
फरक त हैन होला
आखिर मान्छे मान्छेमा के नै फरक छ र?

धारमा तिम्लाई छेकेँ, मन्दिरमा तिम्लाई रोकेँ
कति दुख्थौ मन् थाहा हुने थियो
हो, कति पोल्थौ मन थाहा हुने थियो

छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने त
मान्छे-मान्छे एउटै भन्ने थाह हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो

मुटु उस्तै, धड्कन उस्तै
धर्ती उस्तै, आकाश उस्तै
चोट उस्तै, रगत उस्तै
आखिर मान्छे मान्छेमा के नै फरक छ र?

नछौ भन्दै तर्कि जाँदा, सुनपानीले छर्कि जाँदा
कति रुन्थ्यो मन, थाहा हुने थियो
हो, कति जल्थ्यो मन, थाहा हुने थियो

छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने त
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा
थाहा हुने थियो



Credits
Writer(s): Ashish Abiral
Lyrics powered by www.musixmatch.com

Link