Banchanalai Sadhain

बाँच्नलाई सधैँ हाँसेँ
हाँस्नलाई सधैँ बाँचेँ

रहरमै दिन बिते, रहरमै रात
हिँडिरहेँ रहरकै समातेर हात

हे, हे, हे, हे
हे, हे, हे, हे, हे

यसै गरी जिन्दगी यो बिताइरहेको छु म
यसैलाई नै जीवन सम्झी रमाइरहेको छु म

रहरमै दिन बिते, रहरमै रात
हिँडिरहेँ रहरकै समातेर हात

आफैसँग खुशी बाँडेँ
आफैसँग आँसु साटेँ

बिथोलिँदा मनलाई आफै सम्झाएँ
मनका सबै पीरव्यथा मनमै बिसाएँ

हे, हे, हे, हे
हे, हे, हे, हे, हे

चोटले नै चोटलाई बिर्सिरहेको छु म
खुसी भई खुसीलाई नै पर्खिरहेको छु म

रहरमै दिन बिते, रहरमै रात
हिँडिरहेँ रहरकै समातेर हात



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link