Aau Aau Kanchhi (feat. Lamu Sherpa)

डाँफे त चरिले गूड् सार्यो,धुपिको बोटैमा
डाँफे त चरिले गूड् सार्यो,धुपिको बोटैमा
मोहोनी मुस्कान क्या राम्रो,कान्छीको ओठैमा
मोहोनी मुस्कान क्या राम्रो,कान्छीको ओठैमा
मरी त जाने यो चोला,पिरती लाउँदा के होला-?
आउ-आउ कान्छी पिरती लाउँ

भैरब कुण्डा लेकैमा,चौरिको गोठ सार्यो
भैरब कुण्डा लेकैमा,चौरिको गोठ सार्यो
तरुनी राम्री देखेर,झिल्केले स्वाङ पार्यो
तरुनी राम्री देखेर,झिल्केले स्वाङ पार्यो
मरी त जाने यो चोला,पिरती भन्ने के होला?
आउ-आउ कान्छा पिरती लाउँ

कान्छीको जोबन देखेर,यो मन थाम्दैन
कान्छीको जोबन देखेर,यो मन थाम्दैन
झुट्टो त कुरा बोल्नुलाई,कान्छाले जान्दैन
झुट्टो त कुरा बोल्नुलाई,कान्छाले जान्दैन
मरी त जाने यो चोला,पिरती लाउँदा के होला-?
आउ-आउ कान्छी पिरती लाउँ

कस्तुरी बुत बुत खेलेको,माथि त रानी बन
कस्तुरी बुत बुत खेलेको,माथि त रानी बन
जोबानी देखेर थुक निल्ने,कान्छाको पापी मन
जोबानी देखेर थुक निल्ने,कान्छाको पापी मन
मरी त जाने यो चोला,पिरती भन्ने के होला?
आउ-आउ कान्छा पिरती लाउँ

केटीको जातले भाउ खोज्छ,बैँसालु उमेर मा
केटीको जातले भाउ खोज्छ,बैँसालु उमेर मा
सम्झेर धुर धुर रुन्छौनी,बसेर कुनामा
सम्झेर धुर धुर रुन्छौनी,बसेर कुनामा
मरी त जाने यो चोला,पिरती लाउँदा के होला-?
आउ-आउ कान्छी पिरती लाउँ

आजकालको केटाको,कसरी गरौ भर
आजकालको केटाको,कसरी गरौ भर
दुई दिने मायामा फसाउला,भनेर लाग्छ डर
दुई दिने मायामा फसाउला,भनेर लाग्छ डर
मरी त जाने यो चोला,पिरती भन्ने के होला-?
आउ-आउ कान्छा पिरती लाउँ

लहरी माने देउरी,साक्षी राखेर
लहरी माने देउरी,साक्षी राखेर
दुनियाँले जे भनोस,जाउँ हिँड भागेर
दुनियाँले जे भनोस,जाउँ हिँड भागेर
मरी त जाने यो चोला,पिरती लाउँदा के होला-?
आउ-आउ कान्छी पिरती लाउँ

बुद्धलाई साक्षी राखेर,जाँदैन भागेर
बुद्धलाई साक्षी राखेर,जाँदैन भागेर
सक्छौ भने लैजाउन,आपालाई मागेर
सक्छौ भने लैजाउन,आपालाई मागेर
मरी त जाने यो चोला,पिरती भन्ने के होला-?
आउ-आउ कान्छा पिरती लाउँ



Credits
Writer(s): Jivan Bomjan
Lyrics powered by www.musixmatch.com

Link