Kehi Kura

केही कुरा भन्न बाँकी रह्यो
केही कुरा नभनेको भए हुन्थ्यो
शब्दले नै हो नि घाउ गर्ने
दुखाएर आँसु तपतप झार्ने

माया गर्न जानिनँ,
नसिक्दा नसिक्दा
भन्छु सोचेथेँ केही कुरा
तिमीलाई भेट्दा तिमीलाई भेट्दा

गुमायौँ अवसर दुबैले
फर्किन पाए हुन्थ्यो पहिले
भनेका कुराको चोट अझै ताजा
किन काँप्छ मुटु आफै हिजो आज
अनायास सुस्केराहरुसँगै
बिलाउँनेछन् बुनेका सपना सबै

माया गर्न जानिनँ,
नसिक्दा नसिक्दा
भन्छु सोचेथेँ केही कुरा
तिमीलाई भेट्दा तिमीलाई भेट्दा

माया गर्न जानिनँ,
नसिक्दा नसिक्दा
नसोची बोलेँ नाना कुरा
सँगै हुँदा सँगै हुँदा

केही कुरा भन्न बाँकी रह्यो
केही कुरा नभनेको भए हुन्थ्यो
शब्दले नै हो नि घाउ गर्ने
दुखाएर आँसु तपतप झार्ने

बोली जति लिन पाए फिर्ता
त्यही कुरा उठ्दा बस्दा हिंड्दा
माया गर्न जानिनँ,
नसिक्दा नसिक्दा



Credits
Writer(s): Supral Joshi
Lyrics powered by www.musixmatch.com

Link