YO PAHAD

पारिपट्टि डाँडैमा हेर न घाम
गम्न लागेँ, मेरी माया, तिम्रै नाम
पारिपट्टि डाँडैमा हेर न घाम
गम्न लागेँ, मेरी माया, तिम्रै नाम

के छ, भन, यो हावाहरूमा
कि मन त्यसै उडी जान्छ?
के छ, भन, यो हावाहरूमा
कि मन त्यसै उडी जान्छ?

निला-निला आकाश फैलिएर अँगालो हालेझैँ लाग्छ

तिमी हौ कि तिम्रो मायाको जादु?
तिमी हौ कि तिम्रो मायाको जादु?
यो पहाड आफ्नोझैँ लाग्छ

सललल बगिजाने रङ्गीत खोला
तिमी र म साथ भए हुन्थ्यो होला
सललल बगिजाने रङ्गीत खोला
तिमी र म साथ भए हुन्थ्यो होला

यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ
यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ

तिमी हौ कि तिम्रो मायाको जादु?
तिमी हौ कि तिम्रो मायाको जादु?
यो पहाड आफ्नोझैँ लाग्छ
यो पहाड आफ्नोझैँ लाग्छ

पारिपट्टि डाँडैमा हेर न घाम
गम्न लागेँ, मेरी माया, तिम्रै नाम
पारिपट्टि डाँडैमा हेर न घाम
गम्न लागेँ, मेरी माया, तिम्रै नाम



Credits
Lyrics powered by www.musixmatch.com

Link