Ma Ratbhar Sutna Sakdina(Poetry)

म रातभर सुत्न सक्दिन
यो कहालीलाग्दो रात मा
यो गझ्रदो मेघसंगैको मुसलधारे बर्सात मा
टाढा भएकी मेरी प्रियसीको याद मा
किन ओच्छ्यान मा छटपटीएको छु
म बुझ्न सक्दिन
म रातभर सुत्न सक्दिन

म यो अनायासै भएको लामो रात बिताउन सकिरहेको छैन
म मेरो मस्तिस्कको शालीनतालाई ब्युताउन सक्दिन
मेरो मानसपटलमा ७.६ रेक्टर स्केल को भुइचालो गएझै हल्लिरहेको छ
मेरो मनमा बर्षौ पहिले सन्चो भैसकेको घाउ बल्झिरहेको छ
यो त्रासको हुरीबाट म कुनै कुनामा गएर पनि लुक्न सक्दिन
खै आजकल म रातभर सुत्न सक्दिन

जब म घर फर्किएको हुन्छु
जब म घर फर्किएको हुन्छु
केहि नखाई मुढा झैँ ओच्छ्यानमा पल्टिएको हुन्छु
हिमाल चढ्ने सामर्थ्य राख्ने मान्छे साना खुड्किलामा अल्झिएको हुन्छु
म रातभर सुत्न सक्दिन जब बन को होइन मन को भुतलाइ सम्झिएको हुन्छु

समुन्द्रका दुइ किनार झैँ यी परेला एक अर्का संग भेट्नै खोज्दैनन्
त्यहि आशुको समुन्द्रमा डुब्कि लगाई आफ्नो प्यास मेट्नै खोज्दैनन्
यी आखा बत्तीहरु हेर्दा हेर्दै रात बिताउछन तर थाक्ने नाम लिदैनन
मेरो अधिन मा छन् झैँ गर्छन तर मैले नै चाहेको मान्दिदैनन

म मेरो कैयौ बर्षदेखिको अधुरो स्वप्न मा बिलाउन सक्दिन
खै आजकाल किनहो म रातभर निदाउनै सक्दिन

दुखका किल्लाहरू छातीमा रोपिदा
ढ्वांग ढ्वांग ढ्वांग गर्दै ह्यामर ले खोपिदा
झैँ भान हुन्छ मेरो मनको चोट ले आखामा आशु पोखिदा
शितलहर पछिको दुबोका झारहरुझै मेरो तकिया ओशिलो हुन्छ

अनि म यो भिजेको तकियामा आफ्नो शिर बिसाउन सक्दिन
खै किनहो आजकल म रातभर निदाउनै सक्दिन

त्यो भित्तेघडिको सुइले पनि सर्दै नसर्ने अडान लिएको छ
मेरा सोचका तरंगहरु कहिलै नफर्कने गरि लामो उडान लिएको छ
बाहिर परेको चट्यांगले मेरो टाउकोमै बज्रपात भएको अनुभूति दिएको छ
यो तप तप चुहिने टिनको छानोझैँ मेरो मन पनि खियिएको छ

यो च्यातिएको भावनाहरुलाई
म जतिसुकै पोख्त दर्जीकोमा लगेपनि सिलाउन सक्दिन
खै आजकाल म कत्तिपनि निदाउन सक्दिन

म सुत्न चाहान्छु
म सुत्न चाहान्छु सबै तनाब भुलेर
म ढिलो घर फर्किन चाहन्छु सक्नुछ सबै सपनाको संसार डुलेर
म यो जिन्दगीको उतारचढाब बारे बुझ्ने कोसिस गर्दै छु
मेरा आखाहरु सार्है थाकिसके
म अब सुत्ने कोसिस गर्दै छु
सुत्ने कोसिस गर्दै छु



Credits
Writer(s): Rajan Kc
Lyrics powered by www.musixmatch.com

Link