Mandirma Chha Ki

मन्दिरमा छ कि मूर्तिमा माया
मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोहि त देखाऊ कोहि त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया

एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ
एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ
सावन र भदौ बनेर आँखा
सावन र भदौ बनेर आँखा
बर्षौ बर्ष बर्षन्छ
बर्षौ बर्ष बर्षन्छ
हाँसोमा छ कि आँसुमा माया
फुलमा छ कि काँढामा माया
कोहि त देखाऊ कोहि त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया

एउटी आमा जिउंदै जल्छे छोराको माया ममतामा
एउटी आमा जिउंदै जल्छे छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ
एउटा छोरो मरेर बाँच्छ
आमाको सपना विपनामा
आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विश्वासमा छ कि बाचामा माया
कोहि त देखाऊ कोहि त बताऊ
खै कहाँ छ कहाँ कहाँ छ माया
खै कहाँ छ कहाँ कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया



Credits
Writer(s): Kiran Kharel
Lyrics powered by www.musixmatch.com

Link