Ukali Jada

उकालीमा जाँदाजाँदै दाहिने पऱ्यो वर
माया, कता पऱ्यो घर? बसौँ, चिनाजानी गर
किन हुन्छौ पर-पर?
मरिलानु के छ र?
हे, मरिलानु के छ र?

घरीघरी जिस्किरहने कस्तो तिम्रो बानी?
फेरि छैन चिनाजानी, के नै गर्नु कुराकानी?
हेर्छौ आँखा तानीतानी
डर लाग्छ नजिक आऊँ भनी
डर लाग्छ नजिक आऊँ भनी
बोली पनि कति मीठो, मोहनी नै लाउने
तिम्लाई जे लाउँदा नि स्वाउने, धेरै होलान् पछि लाउने
बाटोघाटोतिर धाउने
भाग्यमानी हो तिमीलाई पाउने
हे, भाग्यमानी हो तिमीलाई पाउने

तिम्ले भनेजस्तो म त त्यति राम्री छैन
त्यसै फुर्किने म हैन, पछि लाग्ने कोही छैन
म त त्यस्तो केटी हैन
हे, मक्ख पार्नुपर्दैन
मक्ख पार्नुपर्दैन
उकालीमा जाँदाजाँदै दाहिने पऱ्यो वर
माया, कता पऱ्यो घर? बसौँ, चिनाजानी गर
किन हुन्छौ पर-पर?
मरिलानु के छ र?
हे, मरिलानु के छ र?

घरीघरी जिस्किरहने कस्तो तिम्रो बानी?
फेरि छैन चिनाजानी, के नै गर्नु कुराकानी?
हेर्छौ आँखा तानीतानी
डर लाग्छ नजिक आऊँ भनी

हे, मरिलानु के छ र?
डर लाग्छ नजिक आऊँ भनी
हे, मरिलानु के छ र?



Credits
Writer(s): Basanta Sapkota
Lyrics powered by www.musixmatch.com

Link