Maryoni Kanchhi

मार्यो नि कान्छीले आँखैको तीरले
छड्के चालले नहेर, मै मर्छु त्यही पीरले
सोझो गरी हेरूँ त सबैले खिज्याउने
छड्के चालले हेरूँ त कान्छालाई पीर पर्ने

जब तिमी छेवैबाट नचिनेझैँ गरी
जान्छौ त्यसै चोट लगाई हेर्दै न त हेरी
बरु भन्दा मान तिमी, बौलाहा नबन
जानीजानी आफ्नै पाउमा बन्चरो नहान
जानीजानी आफ्नै पाउमा बन्चरो नहान

सोझो गरी हेरूँ त सबैले खिज्याउने
छड्के चालले हेरूँ त कान्छालाई पीर पर्ने

अरूले न तपाईँ भनोस्, आफै मपाईँ हुने
नदुखेको कपाल फेरि किन दुखाउने?
बरु भन्दा चट्टै पार, नमार त्यसरी
जानीजानी यस्तो पीर नपार त्यसरी
जानीजानी यस्तो पीर नपार त्यसरी

मार्यो नि कान्छीले आँखैको तीरले
छड्के चालले नहेर, मै मर्छु त्यही पीरले
सोझो गरी हेरूँ त सबैले खिज्याउने
छड्के चालले हेरूँ त कान्छालाई पीर पर्ने



Credits
Writer(s): Kaji Singh
Lyrics powered by www.musixmatch.com

Link