Udi Jau Bhane Ma Panchhi

आहै, हो

उडी जाउँ भने म पक्षी होइन
बस्नु, ए लै, मन छैन

उडी जाउँ भने म पक्षी होइन
बस्नु, ए लै, मन छैन

खसमको मोहनी लागेर होकी?
होस् मेरो ए लै यहाँ छैन

फूलैफूल बिच पनि मन मेरो फूल्दैन
फूलैफूल बिच पनि मन मेरो फूल्दैन
लाखौं तारा के गर्नु मैले त्यहाँ मेरो जून छैन
विरहको आगो निभाउन खोज्छु आँशुले, ए लै, निभ्दैन
खोलाको पानी, सिन्दुरे तिर्खा मेटाउन, ए लै, सक्दैन

पिरतीको सियो छैन चित्त फाट्दा सिउँ भने
पिरतीको सियो छैन चित्त फाट्दा सिउँ भने
चोट पनि मिठो लाग्छ मायालुले दियो भने
टाढा छ खसम, यो गित मेरो
सुन्छ कि ए लै सुन्दैन बन्दकी मुटु उकास्न फेरि
आउँछ कि,, ए लै आउँदैन

उडी जाउँ भने म पक्षी होइन
बस्नु, ए लै (हम्म, हम्म, हम्म)



Credits
Writer(s): Santi Thatal
Lyrics powered by www.musixmatch.com

Link