Ma Aankha Ma Rakhine

म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि टिठ्याउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहि म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जिवनलाई पनि साथि चाहिन्छ

तर साथि बन्ने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

उदास मेरो मुहारमा मुस्कान जचेन
ऐनामा म हाँस्दा आफैँलाई चिनिन
दुःखको उदाहरण मेरै जिवन होइन
खुसिमा के मेरो अधिकार नै छैन?

यि प्रश्न उठाउने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु



Credits
Writer(s): Saran Pradhan
Lyrics powered by www.musixmatch.com

Link