Kale Ketale (From "Aincho Paincho")

काले केटाले

हो-ओइ, काले केटाले, काले केटाले
काले केटाले, यो काले केटाले
हिरो बन्छ, मै हुँ भन्छ, काले कृष्णझैँ हुँ भन्छ काले केटाले
ए, हिरो बन्छ, मै हुँ भन्छ, काले कृष्णझैँ हुँ भन्छ काले केटाले

हे, मेरी केटीले, यो मेरी केटीले
मेरी केटीले, यो मेरी केटीले
अप्सरा नै मै हुँ भन्छे, राधा रानीझैँ हुँ भन्छे मेरी केटीले
Hm, अप्सरा नै मै हुँ भन्छे, राधा रानीझैँ हुँ भन्छे मेरी केटीले

(मेरी केटीले)

ओ, ओइ, एहोइ, फलामसँग साटूँ भन्छ
फलामसँग साटूँ भन्छ सुनझैँ जोवन
अँगालोमै बेर्छु भन्छ जूनझैँ जोवन
ज्यान सुकेर लौरी भाछ, कुन्नि के खान्छ
त्यही नि अझ झर्ल्याङझुर्लुङ हातैमा बान्छ

मेरी केटीले, यो मेरी केटीले
मेरी केटीले, यो मेरी केटीले
फुर्तीफार्ती निकै हान्छे, माया लाउन भाउ खान्छे मेरी केटीले
हो, फुर्तीफार्ती निकै हान्छे, माया लाउन भाउ खान्छे मेरी केटीले

होइ, काले केटाले, काले केटाले
काले केटाले, काले केटाले
मेरो पछि लाउँछ, दिनहुँ धाउँछ, व्यर्थै किन दुःख पाउँछ काले केटाले?
ए, मेरो पछि लाउँछ, दिनहुँ धाउँछ, व्यर्थै किन दुःख पाउँछ काले केटाले?

हे, मङ्सिरमा त मुसाले नि
मङ्सिरमा त मुसाले नि पाल्छ सातै मुसी
चैतमा नि तिमीलाई पारुँला म खुशी
उकाली र ओरालीमा एउटै लौरी टेउछु
सपनीमा झलझली तिमीलाई देउछु

Mmm, काले केटाले, यो काले केटाले
काले केटाले, यो काले केटाले
माया लाउन हत्ते गऱ्यो, आखिरकारमा फत्ते गऱ्यो काले केटाले
हाय, माया लाउन हत्ते गऱ्यो, आखिरकारमा फत्ते गऱ्यो काले केटाले

हे, मेरी केटीले, यो मेरी केटीले
मेरी केटीले, यो मेरी केटीले
नजिक जाँदा पर सर्छे, तर मलाई माया गर्छे मेरी केटीले
हो, नजिक जाँदा पर सर्छे, तर मलाई माया गर्छे मेरी केटीले



Credits
Writer(s): Eknarayan Bhandari
Lyrics powered by www.musixmatch.com

Link