Kale Keta 2

म हिँड्दाखेरि हिँड्छ, बसे ऊ रोकिन्छ
त्यो मान्छे पनि कस्तो मेरै छायाजस्तो
न कहिल्यै ऊ रिसाउँछ, सधैँ मुस्कुराउँछ
त्यो मान्छे पनि कस्तो मेरै मायाजस्तो

मेरै वरिपरि दिन बिताउँछ
थाहा छैन, मलाई किन पछ्याउँछ
पहिले आउँथ्यो...

पहिले आउँथ्यो घुम्तीको वरसम्म
अहिले आउँछ त्यो मान्छे घरसम्म
पहिले आउँथ्यो घुम्तीको वरसम्म
अहिले आउँछ त्यो मान्छे घरसम्म
Hm, अहिले आउँछ त्यो केटा घरसम्म

जे नि गर्छु तिम्रो लागि, के साँच्चै हो र?
म त मर्छु तिम्रो लागि, के मन्जुर छ र?
जीवन जिउन गाह्रो छ नि, म भर दिउँला
खुसीले बास बस्ने म घर दिउँला

मेरो बाटोको काँडा हटाउँछ उसले (हटाउँछ उसले)
मेरो बाटोको काँडा हटाउँछ उसले
मेरो विशेष दिनमा गिफ्ट पठाउँछ उसले

मेरै बाटोभरि आँखा बिछ्याउँछ
थाहा छैन, मलाई किन पछ्याउँछ
पहिले आउँथ्यो...

पहिले आउँथ्यो घुम्तीको वरसम्म
अहिले आउँछ त्यो मान्छे घरसम्म
Hm, अहिले आउँछ त्यो केटा घरसम्म

त्यति सजिलो छैन मेरो माया पाउन
हेरौँ कसको भाग्यमा छ जीवन सजाउन
म त ज्यान जाला छोड्दिन तिम्रो पछि धाउन
भन, के गरूँ म तिम्रो माया पाउन?

पहिले आउँथ्यो...

पहिले आउँथ्यो घुम्तीको वरसम्म
अहिले आउँछ त्यो मान्छे घरसम्म
पहिले आउँथ्यो घुम्तीको वरसम्म
अहिले आउँछ त्यो केटा घरसम्म

जे नि गर्छु तिम्रो लागि, के साँच्चै हो र?
म त मर्छु तिम्रो लागि, के मन्जुर छ र?
जीवन जिउन गाह्रो छ नि, म भर दिउँला
खुसीले बास बस्ने म घर दिउँला



Credits
Writer(s): Arjun Pokharel, Dhurba Prasad Amagai
Lyrics powered by www.musixmatch.com

Link