MASHUP (Behos | Maya | Batash | Banideu | Eklai Basera)

बेहोस भएँ म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई

आँखै नहट्ने कस्तो मुहार!
नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
साँचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन?

माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा

म हेर्छु डराउदै
हिड्छु भौतारिदै
दृश्य तिम्रो पाउन

खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन म

किन हो किन
यसै लाग्छ माया
छैन कुनै कारण खास

गुम्सेको मन र थाकेको तन
खोजि रहन्छ दिन राता
तिम्रो नै आभाश

चल्न देउ बतास
उडाई लगोस यो संसार
थामी रहन्छु त्यो हात
बाकी रहुन्जेल यो शास

शितल छाँया बनि आई देउ माया
सुन्य सुन्य छ यहाँ
खोज्छन तिम्लाई नै आँखा

म कालो रात तिमी चन्द्रमा
यसै बिति जाने नै हो
तिमी टुक्की बन मेरो अँधेरीमा
किरण आउछ खुशीको

खोजि रन्छ तिमीलाई मन, निशासिदा पनि
सोचि रन्छ तिम्रै बारे
दिन रात भुलि सकेछ
तिम्रो यादमा

म जान्छु आकास छुन, जहाज बनिदेउ
तर्ने छु म समुन्द्र, बहाव बनिदेउ
जाने छु त्यो युद्दमा, साहस बनिदेउ
हराउने छु हर हारलाई, प्रयास बनिदेउ

माया हैन भने किन
हेर्थे म तिमि तिर
भए पनि मनका कुरा
भन्न सक्थे र
हो

एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
एक्लै बसेर रमाउनु हो माया
यादले जिवन सजाउनु हो माया



Credits
Writer(s): Prashant Tandan
Lyrics powered by www.musixmatch.com

Link