Ke Launu Khai Pirati

के लाउनु खै पिरती आँसु-आँसु हुन
के लाउनु खै पिरती आँसु-आँसु हुन
चोखो माया लाउने पनि छोड्याछैनन् रुन
धोका दिने जमाना छ, कसरी भर पर्ने?
तिम्ले पनि धोका दिए मैले कसो गर्ने?
तिम्ले पनि धोका दिए मैले कसो गर्ने?
के लाउनु खै पिरती आँसु-आँसु हुन

आजभोलि जताततै आँसुका मूल फुट्नेहरू
हो, आजभोलि जताततै आँसुका मूल फुट्नेहरू
कहीँ-कतै कमी छैन हाँसोखुशी लुट्नेहरू
दुनियाँ नै स्वार्थी छ त, तिम्लाई दोष दिन्न मैले
संसारलाई देखेर नै मन बुझाउनुपर्छ अहिले
संसारलाई देखेर नै मन बुझाउनुपर्छ अहिले

दिन पनि रात हुन्छ पिरतीमा हाऱ्यौँ भने
हो, दिन पनि रात हुन्छ पिरतीमा हाऱ्यौँ भने
सधैँ हिँड्ने बाटो पनि अनजानैमा बाऱ्यौँ भने
बन्न सक्छौँ तिमी र म एकअर्काको असल मित्र
भावनाको नाता पनि फुल्न सक्छ मुटुभित्र
भावनाको नाता पनि फुल्न सक्छ मुटुभित्र

के लाउनु खै पिरती आँसु-आँसु हुन
चोखो माया लाउने पनि छोड्याछैनन् रुन
धोका दिने जमाना छ, कसरी भर पर्ने?
तिम्ले पनि धोका दिए मैले कसो गर्ने?
तिम्ले पनि धोका दिए मैले कसो गर्ने?
के लाउनु खै पिरती आँसु-आँसु हुन



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link