Alagaav

निदाएझैँ गरेँ है, माया
बोल्न बाँकी केही छैन
पिठ्युँ फर्काएँ है तिमीतिर
म उसको हैन, तिम्रो नि भइन

आँखाले बोल्छु, आज हेरिदेऊ एकचोटि
हात समाइदेऊ केलाएर फेरि
भावनाहरू
सम्झनाहरू

बुझेझैँ गरेँ है, माया
आभास केही मनमा छैन
चुँडचाँड पारी निचोरे पनि
रस छैन, म आफ्नो नि भइन

लामो बाटो, जङ्गल बाँडी लुकामारी, खेदाएँ
क्षुद्र बनाएँ मिल्काएर फेरि
भावनाहरू
सम्झनाहरू

तिर्खाएँ यतिसम्म, बिख पानी पिइदिएँ
साँचेर राख्न खोज्दा गाँठैगाँठो पारिदिएँ
बस्न दियौ, घर दिएनौ, घर खोज्ने गतिमा म
हात सय जनको रोज्दा टुङ्गो लागेका मेरा

भावनाहरू
सम्झनाहरू
भावनाहरू
सम्झनाहरू



Credits
Lyrics powered by www.musixmatch.com

Link