Aaha Maya

आ-हा, हा-हा-हा, माया, ए-हे-हे, माया
ओ-हो, हो-हो-हो, माया, mm-hm, माया

म त तिम्रै हुँ नि, माया, सम्हालेर राख
मृत्युसम्म पनि नछुटोस् यो साथ
हो, म त तिम्रै हुँ नि, माया, सम्हालेर राख
मृत्युसम्म पनि नछुटोस् यो साथ

सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
आ-हा, हा-हा-हा, माया, ए-हे-हे, माया
ओ-हो, हो-हो-हो, माया, mm-hm, माया

तिम्रो पाउको धूलो पनि सजाउँथेंँ शिरमा
तिमी साथमा भए, माया, रमाउँथेँ पीरमा
हो, तिम्रो पाउको धूलो पनि सजाउँथेँ शिरमा
तिमी साथमा भए, माया, रमाउँथेँ पीरमा

म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
आ-हा-हा, माया, mm-hm, माया
ए-हे-हे, माया, ओ-हो-हो, माया

पाऊँ सातैजुनी, माया, म त तिम्रो मान्छे बन्न
गर्व लाग्छ, माया, म तिम्रो मान्छे भन्न
Hm, पाऊँ सातैजुनी, माया, म त तिम्रो मान्छे बन्न
गर्व लाग्छ, माया, म तिम्रो मान्छे भन्न

सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
आ-हा, हा-हा-हा, माया, ए-हे-हे, माया
ओ-हो, हो-हो-हो, माया, mm-hm, माया

तिम्लाई चोखो माया मैले गरेकी छु जहिल्यै
झूटो बोल्न कहिले पनि जान्दिन नि मैले
हो, तिम्लाई चोखो माया मैले गरेकी छु जहिल्यै
झूटो बोल्न कहिले पनि जान्दिन नि मैले

म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
आ-हा-हा, माया, mm-hm, माया
ए-हे-हे, माया, ओ-हो-हो, माया

मेरी प्यारी मान्छे तिमी, तिम्रै नाम छ ओठमा
मलम बन्न पाऊँ घाउ लाग्दा त्यो चोटमा
मेरी प्यारी मान्छे तिमी, तिम्रै नाम छ ओठमा
मलम बन्न पाऊँ घाउ लाग्दा त्यो चोटमा

सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमीसँगै सँगै मरूँ
आ-हा, हा-हा-हा, माया, ए-हे-हे, माया
ओ-हो, हो-हो-हो, माया, mm-hm, माया

बन्न पाऊँ म जहिल्यै तिम्रो मात्र छाया
नबाँड्नू है कहिल्यै मलाई दिने माया
हो, बन्न पाऊँ म जहिल्यै तिम्रो मात्र छाया
नबाँड्नू है कहिल्यै मलाई दिने माया

म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
आ-हा-हा, माया, mm-hm, माया
ए-हे-हे, माया, ओ-हो-हो, माया

फर्की आउँछु जस्तो लाग्छ गए पनि मरी
छैनन् तिमीजति राम्री यो ब्रह्माण्डभरि
हो, फर्की आउँछु जस्तो लाग्छ गए पनि मरी
छैनन् तिमीजति राम्री यो ब्रह्माण्डभरि

म त तिम्रै हुँ नि, माया, हुन्छु दायाँबायाँ
म त तिम्रै हुँ नि, माया, हुन्छु दायाँबायाँ
आ-हा, हा-हा-हा, माया, ए-हे-हे, माया
ओ-हो, हो-हो-हो, माया, mm-hm, माया

तिमी हाँसे हाँसिदिन्छु, तिमी रोए रुन्छु भन्छ
मेरो यो मनले "तिमी, तिमी" भन्छ
हो, तिमी हाँसे हाँसिदिन्छु, तिमी रोए रुन्छु भन्छ
मेरो यो मनले "तिमी, तिमी" भन्छ

म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
म त तिम्रै हुँ नि, माया, हुन्छु नि दायाँबायाँ
आ-हा-हा, माया, mm-hm, माया
ए-हे-हे, माया, ओ-हो-हो, माया

कति खुशी हुन्छ मन तिमीलाई देखेसी, किन?
हरेक दिन बनोस् तिम्रो जन्मदिन
हो, कति खुशी हुन्छ मन तिमीलाई देखेसी, किन?
हरेक दिन बनोस् तिम्रो जन्मदिन

Happy birthday to you, happy, happy birthday to you
Happy birthday to you, happy, happy birthday to you
ओ-हो, हो-हो, हो-हो-हो (mm-hm)
आ-हा, हा-हा, हा-हा-हा (ला-ला, ला-ला, ला-ला-ला)



Credits
Lyrics powered by www.musixmatch.com

Link