Sannani

(तान, घिन-घिन, तान, घिन-घिन, चैट्)
Dance, please, come on

पाल्पालीलाई ढाका टोपी, बागलुङेलाई कोट
यत्ति राम्रो बैँस, जोबन कल्लाई दिनी हो त?
सान्नानी (चैट्)

सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए, तिमीबिना जिन्दगी जान्न नि (चैट्)

स्याङ्जालीलाई बाठो भन्छन्, गुल्मेलीलाई सिधा
म त यसै भाग्यमानी तिम्लाई जोबान दिँदा
परान (चैट्)

परान, तिम्रै हुँ म, भरोसा गर न
ए परान, तिम्रै हुँ म, भरोसा गर न
ए, तिम्रै हुँ म, भरोसा गर न (चैट्)

यसै slim figure तिम्रो, गालामा छ dimple
लजाई-लजाई हेर्नी बानी, बोलीवचन simple
सान्नानी (चैट्)

सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए, तिमीबिना जिन्दगी जान्न नि (चैट्)

दाङ, सुर्खेतका केटीहरू सिधासाधा हुन्छन्
बाहिर दुःख देखाउँदैनन्, बरु एक्लै रुन्छन्
परान (चैट्)

परान, तिम्रै हुँ म, भरोसा गर न
ए परान, तिम्रै हुँ म, भरोसा गर न
ए, तिम्रै हुँ म, भरोसा गर न (चैट्)

बटौलीमा तिनाउ खोला, नवलपुरमा CG
यस्सो भेटम् भन्दा पनि तिमी सधैँ busy
सान्नानी (चैट्)

सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए सान्नानी, तिमीबिना जिन्दगी जान्न नि
ए, तिमीबिना जिन्दगी जान्न नि (चैट्)

सिरिसिरी बतासैले फुरुरुरु कपाल
भन्न थाले घरकाले, "कुलको इज्जत नफाल्"
परान (चैट्)

परान, तिम्रै हुँ म, भरोसा गर न
ए परान, तिम्रै हुँ म, भरोसा गर न
ए, तिम्रै हुँ म, भरोसा गर न (चैट्)



Credits
Writer(s): Hari Giri Bimarshi
Lyrics powered by www.musixmatch.com

Link