Sangai Hidda Hidai

सँगै हिँड्दाहिँड्दै दोबाटोमै साथ छुट्दै छ
सँगै हिँड्दाहिँड्दै दोबाटोमै साथ छुट्दै छ
कसले पुछिदिन्छ आँसु? मेरा दुई आँखाबाट झर्दै छ
न हाँस्न सक्छु न रुन सक्छु
न त तिमीभन्दा पर हुन सक्छु, हुन सक्छु
सँगै हिँड्दाहिँड्दै दोबाटोमै साथ छुट्दै छ

तिम्रो याद आउँछ मलाई, बिर्सूँ कसरी मैले?
बुझेको छु, जिउनुपर्छ पागल जसरी मैले
तिम्रो याद आउँछ मलाई, बिर्सूँ कसरी मैले?
बुझेको छु, जिउनुपर्छ पागल जसरी मैले

गाह्रो छ आफैलाई सम्हाल्नलाई
सक्दिन अरूलाई अँगाल्नलाई

ओ, सँगै हिँड्दाहिँड्दै दोबाटोमै रात पर्दै छ

बाँच्ने चाहा तिमी मेरो, जिउने आधार पनि
तिमीबिना शून्य भयो मेरो संसार पनि
बाँच्ने चाहा तिमी मेरो, जिउने आधार पनि
तिमीबिना शून्य भयो मेरो संसार पनि

रोकिने भयो यो सास अब
रहेन कुनै आस अब

हो, सँगै हिँड्दाहिँड्दै दोबाटोमै साथ छुट्दै छ



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link