Kasari Aaja

हे-हे-हे-हे-हे, हे-हे
ला-ला-ला-ला-ला, ला-ला
हो-हो-हो, हो-हो-हो, hm-hm

कसरी आज मुटु तोडिएछ मेरो
फेरि जोड्नै नसकिने गरी?

मलहम बन्ने हातहरू त पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?

सहानुभूतिका दुई शब्द सुन्दा
माया त फेरि गाँस्न मन लाग्छ
तर पहिलो सम्बन्धले रुवाएको सोच्दा
अनायासै रहर दबाउनपर्छ

मलहम बन्ने हातहरू त पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?

फुट्छ ज्वालामुखी छातीभित्रै देखि
नमेटिएका अनेक प्यास बोकी
म के जानूँ फेरि पनि मेरो भाग्यमा
आँसु नै मात्र पो पर्ने हो कि?

मलहम बन्ने हातहरू त पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?

कसरी आज मुटु तोडिएछ मेरो?



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link