Kura Katne Manchhe

कुरा काट्ने मान्छेले काटून्
खुट्टा तान्ने मान्छेले तानून्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

आँखा तर्ने मान्छेले तरून्
डाहा गर्ने मान्छेले गरून्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

अरूका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

तिमीले दिने काँचका चुरा सुनका चुराजस्तै लागून्
तिमीले बोल्ने मीठो बोली अमृतधाराजस्तै लागून्
तिमीले हाँस्ने मधुर हाँसो आकाशको चन्द्रमा लागोस्
तिमी लजाउँदै मलाई हेर्दा मनका सबै निराशा भागोस्

धारे हात लाउनेले लाऊन्
हाम्रा गीत गाउनेले गाऊन्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

गाली गर्ने मान्छेले गरून्
तल झार्ने मान्छेले झारून्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

अरूका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

तिमीलाई नजिक पाउँदा पनि संसार सबै जितेझैँ लागोस्
जुनी-जुनी सँगै हुँदा नि एक वर्ष बितेझैँ लागोस्
तिमीले मलाई सम्झिए मात्र म बाँचेको अर्थ लागोस्
तिम्रो त्यो एक मुस्कानले मात्र म हाँसेको अर्थ लागोस्

गाह्रो पार्ने मान्छेले पारून्
कुरा टार्ने मान्छेले टारून्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

साथ छोड्ने मान्छेले छाडून्
माया मार्ने मान्छेले मारून्
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन

अरूका कुरा सुनेर रिस उठ्नु भएन
तर तिमी-म छुट्नु भएन
तर तिमी-म छुट्नु भएन



Credits
Writer(s): Dipak Sharma
Lyrics powered by www.musixmatch.com

Link