Chhutne Kura

छुट्ने कुरै नगर न, माग्छु बरु क्षमा
चित्त कतै दुखाएँ कि? मन बुझेन केमा?
छुट्ने कुरै नगर न, माग्छु बरु क्षमा
चित्त कतै दुखाएँ कि? मन बुझेन केमा?
मेरो मुटु, मेरो प्राण, तिमी मेरो सासमा छ्यौ
ए प्रिय, तिमी त मेरो जिन्दगानी हौ
छुट्ने कुरै नगर न, माग्छु बरु क्षमा
चित्त कतै दुखाएँ कि? मन बुझेन केमा?

ओइलिएर झर्न सक्छु, आगोमाथि पर्न सक्छु
तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु
हो, ओइलिएर झर्न सक्छु, आगोमाथि पर्न सक्छु
तिमीलाई पाउन मैले जे पनि गर्न सक्छु

सक्दिन म छुट्टिएर तिमीबिना एक्लै
म लेख्न चाहन्छु कहानी यो बेग्लै
नसा-नसामा छ नाम, तिमी मुटुमा धड्किन्छ्यौ
ए प्रिय, तिमी त मेरो जिन्दगानी हौ
छुट्ने कुरै नगर न, माग्छु बरु क्षमा
चित्त कतै दुखाएँ कि? मन बुझेन केमा?

सपना एउटै मेरो सधैँ, खास बनूँ म तिम्रो
हुनु छैन मालिक मलाई, दास बनूँ म तिम्रो
हो, सपना एउटै मेरो सधैँ, खास बनूँ म तिम्रो
हुनु छैन मालिक मलाई, दास बनूँ म तिम्रो

भरिदेऊ न झोली मेरो पिरतीले आज
सँगालेर राख्छु म त सधैँ मुटुमाझ
हरदिन, हररात, मेरो आँखामा छल्किन्छ्यौ
ए प्रिय, तिमी त मेरो जिन्दगानी हौ
छुट्ने कुरै नगर न, माग्छु बरु क्षमा
चित्त कतै दुखाएँ कि? मन बुझेन केमा?



Credits
Writer(s): Sagar Birahi
Lyrics powered by www.musixmatch.com

Link