Laijau Na

केही अघिदेखि अल्झिरहेको यो मनलाई
किन-किन लाग्छ डर देखी यो संसार सारालाई, hmm

के नै लानु छ र यो जीवनमा? हाँसीखुशी बिताउने चाहना
के हुन्छ भनेर पर्खिरहेँ आशैआशामा तिमीसँगै

लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै

जानी-नजानी डुबिरहेँ म आफ्नै सोचभित्र
लुकाइराख्नु कति यी भावना सबै?

के नै लानु छ र यो जीवनमा? हाँसीखुशी बिताउने चाहना
मनभरिका बिर्सी वेदना आशैआशामा तिमीसँगै

लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै
लैजाऊ न मलाई अब यहाँबाट धेरै टाढा
अन्धेरीमा उजेलीझैँ आउनेछु म पछि तिम्रै

शायद यस्तै नै हो कि भनेर बुझाइरहेँ आफैलाई म
भागी जाऊँ कहाँ-कहाँ म, शून्यतामा बिलाइसकेँ



Credits
Writer(s): Bishal Pradhan, Prabesh Kumar Shrestha
Lyrics powered by www.musixmatch.com

Link