Kya Chha Khabar

क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

फुलेको फूल, सुगन्ध मीठो, सुँगेर थाहा हुन्छ
सधैँको यस्तो भागेर मात्रै पिरती कहाँ हुन्छ?
फुलेको फूल, सुगन्ध मीठो, सुँगेर थाहा हुन्छ
सधैँको यस्तो भागेर मात्रै पिरती कहाँ हुन्छ?

सुवा, क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?

सुनको औँठी, चाँदीको बाला, भो, तिमी आफै लाऊ
पोखेला फेरि यो शान्त ताल, भो, धेरै नचलाऊ
सुनको औँठी, चाँदीको बाला, भो, तिमी आफै लाऊ
पोखेला फेरि यो शान्त ताल, भो, धेरै नचलाऊ

साइ, क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

असोज गयो, कात्तिक गयो, मङ्सिर आइसक्यो
यो मनमा फेरि तिमीलाई सम्झी काउकुती लाइसक्यो
असोज गयो, कात्तिक गयो, मङ्सिर आइसक्यो
यो मनमा फेरि तिमीलाई सम्झी काउकुती लाइसक्यो

सुवा, क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?

काफल पाक्यो, ऐँसेलु पाक्यो, खाएर अघाइन
तिमीमा त्यस्तो मर्दको जोश देख्न नि पाइन
काफल पाक्यो, ऐँसेलु पाक्यो, खाएर अघाइन
तिमीमा त्यस्तो मर्दको जोश देख्न नि पाइन

साइ, क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

झमझम पानी दर्किँदा पनि रुझेकै रैनछु
तिमीमा यस्तो लागेको प्यास बुझेकै रैनछु
झमझम पानी दर्किँदा पनि रुझेकै रैनछु
तिमीमा यस्तो लागेको प्यास बुझेकै रैनछु

सुवा, क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?

देउराली मात्रै म कति कुरूम्? बेँसीमा झर्ने हो
बैँसको भाका नबुझेपछि म के पो गर्ने हो?
देउराली मात्रै म कति कुरूम्? बेँसीमा झर्ने हो
बैँसको भाका नबुझेपछि म के पो गर्ने हो?

साइ, क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

पाकेको फल टिप्न पाए त मज्जाले खाइन्छ
झम्टेर हुन्न, चम्केर हुन्न, समय चाहिन्छ
पाकेको फल टिप्न पाए त मज्जाले खाइन्छ
झम्टेर हुन्न, चम्केर हुन्न, समय चाहिन्छ

सुवा, क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?

दिँदैनन्, हेर, गतिलो फल बोटैमा पाक्नलाई
न्वारनकै जोश चाहिन्छ, हेर, यसरी आँट्नलाई
दिँदैनन्, हेर, गतिलो फल बोटैमा पाक्नलाई
न्वारनकै जोश चाहिन्छ, हेर, यसरी आँट्नलाई

साइ, क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?

क्या छ खबर रातो चुन्नी ओढ्नेवालीको?
क्या छ खबर आँखा लगाई छोड्नेवालाको?



Credits
Writer(s): Dipak Sharma
Lyrics powered by www.musixmatch.com

Link