Jhilimili Jhilimili

वारि नै बत्ती, हौ, पारिमा कति जोर बत्ती पालैमा?
नाच्दैमा आयौँ नि, खेल्दैमा आयौँ तिहारको बेलैमा
ए नि लै, तिहारको बेलैमा

आहै, झिलिमिली-झिलिमिली (देउसिरे)
आहै, केको झिलिमिली? (देउसिरे)
आहै, फूलको झिलिमिली (देउसिरे)
आहै, कुन फूल? (देउसिरे)
आहै, सयपत्री (देउसिरे)
आहै, मखमली (देउसिरे)
आहै, बत्तीको झिलिमिली (देउसिरे)

आहै, रमाइलो तिहार (देउसिरे)
आहै, रमाइलो चाड (देउसिरे)
आहै, रमाइलो तिहार (देउसिरे)
आहै, नाच्दै-गाउँदै (देउसिरे)
आहै, देउसुरे खेल्दै (देउसिरे)
आहै, रमाइलो गर्दै (देउसिरे)
आहै, मनाऊँ है, भाइ हो (देउसिरे)
आहै, मनाऊँ है, भाइ हो (देउसिरे)

सारङ्गी बज्नी, जोरैमा मादल के राम्रो बजेको
सप्तरङ्गी टीका निधारमा ढल्काई देउसुरे खेलेको
ए नि लै, देउसुरे खेलेको

आहै, उँभोमा जाँदा (देउसिरे)
आहै, तारेमा भीर (देउसिरे)
आहै, उँधोमा जाँदा (देउसिरे)
आहै, खोलाको तीर (देउसिरे)
आहै, बीचैमा यहाँ (देउसिरे)
आहै, देउसुरे खेल्दा (देउसिरे)
आहै, सेलरोटी खाको (देउसिरे)
आहै, रमाइलो भाको (देउसिरे)

आहै, नाम्लै र भारी (देउसिरे)
आहै, दश पाथी धान (देउसिरे)
आहै, फूल र पाती (देउसिरे)
आहै, आउनै र लाग्यो (देउसिरे)
आहै, दिदीले थाप्दा (देउसिरे)
आहै, बैनीले राख्दा (देउसिरे)
आहै, चार-पान सय रुपियाँ (देउसिरे)
आहै, हुनैमा लाग्यो (देउसिरे)

प्वाँलोको माला नि, सुकिसक्यो गला "देउसुरे" भट्याउँदै
उठ न, आमै, जाग न, बाबै, नगर अबेला
ए नि लै, नगर अबेला

आहै, यहाँ मात्रै होइन (देउसिरे)
आहै, सारा संसार (देउसिरे)
आहै, घुम्नैमा पर्ने (देउसिरे)
आहै, खेल्नैमा पर्ने (देउसिरे)
आहै, घरबेटी आमै (देउसिरे)
आहै, घरबेटी बाबै (देउसिरे)
आहै, घरबेटी दिदी (देउसिरे)
आहै, दानैमा लेऊ न (देउसिरे)

आहै, निकाल्न लागे (देउसिरे)
आहै, लेउनैमा लागे (देउसिरे)
आहै, भन, मेरा भाइ हो (देउसिरे)
आहै, रम्रेरी भन (देउसिरे)
आहै, स्वर थापी भन (देउसिरे)
आहै, स्वर मिलाई भन (देउसिरे)
आहै, "देउसुरे" भन (देउसिरे)
आहै, "देउसुरे" भन (देउसिरे)

पूर्वैमा पऱ्यो नि रानीगाउँ, हजुर, धेरै छन् जाने ठाउँ
दिनेमा भए चिना देऊ, हजुर, नभए बिदा पाऊँ
ए नि लै, नभए बिदा पाऊँ

आहै, यसैमा घरका (देउसिरे)
आहै, माता र पिता (देउसिरे)
आहै, यसपाली आउँदा (देउसिरे)
आहै, टिनको छानो (देउसिरे)
आहै, अर्को साल आउँदा (देउसिरे)
आहै, सुनको छानो (देउसिरे)

आहै, दाजु र भाइको (देउसिरे)
आहै, मुलुकैभरि (देउसिरे)
आहै, फैलिमा रहुन् (देउसिरे)
आहै, लेकको काने (देउसिरे)
आहै, नौलाको माने (देउसिरे)
आहै, आशिष् दिन (देउसिरे)
आहै, यति नै जाने (देउसिरे)

(ल होए) ल होए, साथीहरू, जाऊँ-जाऊँ, जाऊँ है
(लहै, लहै, लहै) लहै, ल ल, जाऊँ है, जाऊँ-जाऊँ, जाऊँ
लौ, बुवाआमा, यसपालिको तिहारमा यति नै खेलियो, यति नै जानियो
अब नमरी बाँचे दैवले साँचे आउँदा सालको तिहारमा यसै गरी फेरि आउँला
यसपालिको तिहारमा गयौँ है, बुवाआमा



Credits
Lyrics powered by www.musixmatch.com

Link