Gurans Fulyo

गुराँस फुल्यो, बुकी फुल्यो, वनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
गुराँस फुल्यो, बुकी फुल्यो, वनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो

मेलापात जानेहरू आए, घाँसपात गर्नेहरू आए
मेलापात जानेहरू आए, घाँसपात गर्नेहरू आए
रातैभरि रोदी घरमा लोकदोहोरी गाए
रातैभरि रोदी घरमा लोकदोहोरी गाए

गामै रमाइलो, आहै! गामै रमाइलो
गामै रमाइलो, आहै! गामै रमाइलो

मादलुमा झ्याउरे भुल्यो, भाकै रमाइलो
गाजलुमा खुशी फुल्यो, आँखै रमाइलो
गाजलुमा खुशी फुल्यो, आँखै रमाइलो

टारीतिर कुलोहरू चले, चुलोतिर आगोहरू बाले
टारीतिर कुलोहरू चले, चुलोतिर आगोहरू बाले
आफ्नै घरमा लालाबाला, मायापिर्ती लाए
आफ्नै घरमा लालाबाला, मायापिर्ती लाए

घरै रमाइलो, आहै! घरै रमाइलो
घरै रमाइलो, आहै! घरै रमाइलो

बासमतीको बाला झुल्यो, खेतै रमाइलो
भकारीमा खुशी फुल्यो, पेटै रमाइलो
भकारीमा खुशी फुल्यो, पेटै रमाइलो

गुराँस फुल्यो, बुकी फुल्यो, वनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो

फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो
फूलहरूमा खुशी फुल्यो, मनै रमाइलो



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link