Timile Nasamjhida

तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ
तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ
यात्रा भीडमै भए पनि एक्लै हुँदो रैछ
एक्लै, एक्लै हुँदो रैछ
तिमीले नसम्झिँदा, माया...

यस्तै मन खस्ने बेला
हो, यस्तै मन खस्ने बेला टिपी पोको पार्थेँ
सम्झनामै धेरै चोटि मनको धोको मार्थेँ
हो, सम्झनामै धेरै चोटि मनको धोको मार्थेँ

तिमीले नसम्झिँदा, माया...

नभेटिने माया पनि
हो, नभेटिने माया पनि खोज्दै संसार चहार्थेँ
हुर्किन्नझैँ लाग्ने माया मुटुमा नै सार्थेँ
हो, हुर्किन्नझैँ लाग्ने माया मुटुमा नै सार्थेँ

तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ
तिमीले नसम्झिँदा, माया, बेग्लै हुँदो रैछ
यात्रा भीडमै भए पनि एक्लै हुँदो रैछ
हा, एक्लै, एक्लै हुँदो रैछ
तिमीले नसम्झिँदा, माया...



Credits
Writer(s): Jb Ghale (samyogi)
Lyrics powered by www.musixmatch.com

Link