Jhyamma Jhyamma Paitali

चट्ट कानमा सुनका बाली, भुरभुर उड्ने केश
ओहो, रिमै, ओ रिमै, ओहो, रिमै, ओ रिमै
चट्ट कानमा सुनका बाली, भुरभुर उड्ने केश
नबोले नि मुसुमुसु हाँसिदिए बेस

खोट लाउनेलाई पापै लाग्छ, रूपै रैछ जाती
यस्तै खालको चाहिएको हो मलाई जीवनसाथी

झ्याम्मझ्याम्म पैतली, लाइदे ठुम्का ठम्मठम्म
हान्दे पैतली, पार्दे रम्मझम्म
झ्याम्मझ्याम्म पैतली, झम्के साँझ आजको रात
हान्दे पैतली, नअस्ताएसम्म

तिमी उत्तर, म छु दखिन मिलाउनु छ धुर्ब
ओहो, रिमै, ओ रिमै, ओहो, रिमै, ओ रिमै
तिमी उत्तर, म छु दखिन मिलाउनु छ धुर्ब
जित्नु छ ती विश्वासहरू मिलन हुनुपूर्व

खुसी राख्न सक्छु कि नाइँ? पीर छ यतातिर
ढुक्कै मन भाको हो कि, के छ त्यतातिर?

झ्याम्मझ्याम्म पैतली, रातो-रातो लालीभित्र
हान्दे पैतली, टल्किएका दन्त
झ्याम्मझ्याम्म पैतली, यो मन भन्छ, "तिमीसँगै"
हान्दे पैतली, "घन्काउने हो जन्त"

नखेलाऊ भो अनेक थरी मनमा कुराहरू
ओहो, रिमै, ओ रिमै, ओहो, रिमै, ओ रिमै
नखेलाऊ भो अनेक थरी मनमा कुराहरू
मन पराकै मान्छे पाउँदा के चाहियो र अरू?

मौलाइसक्यो हाम्रो प्रीति सारा कुना-कुना
"Okay" भने भइगो त नि, केलाई रुनधुन?

झ्याम्मझ्याम्म पैतली, तिमी २०, म २१ को
हान्दे पैतली, के चाहियो र अरू?
झ्याम्मझ्याम्म पैतली, ठाउँको ठाउँमै बेहोस होलान्
हान्दे पैतली, कुरा काट्नेहरू



Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link