Samjhanu Ra Birsanu

सम्झनु र बिर्सनुको सिमानामा म हराएँ
सम्झनु र बिर्सनुको सिमानामा म हराएँ
शीतल जल छर्किदेऊ
शीतल जल छर्किदेऊ, बेहोसीमा म कराएँ

मलाई फेरि होसमा ल्याऊ
मीठो, ताजा जोसमा ल्याऊ
मलाई फेरि होसमा ल्याऊ
मीठो, ताजा जोसमा ल्याऊ
मलाई फेरि मदहोस बनाऊ
मलाई फेरि मदहोस बनाऊ

यस्तो सम्झेँ तिमीलाई, सम्झना नै मक्ख छ
एकपल कसो बिर्सेछु, सारा जगत् छक्क छ
यस्तो सम्झेँ तिमीलाई, सम्झना नै मक्ख छ
एकपल कसो बिर्सेछु, सारा जगत् छक्क छ

भेट हैन, जम्काभेटको छटपटीमा म हराएँ
शीतल जल छर्किदेऊ
शीतल जल छर्किदेऊ, बेहोसीमा म कराएँ

यस्तो देखेँ तिमीलाई, दृश्य आफै दङ्ग भयो
एकपल सोचमा हुनेछु, सिउँदो रातो रङ्ग भयो
हो, यस्तो देखेँ तिमीलाई, दृश्य आफै दङ्ग भयो
एकपल सोचमा हुनेछु, सिउँदो रातो रङ्ग भयो

सोचैसोचको कस्तो घना जङ्गलमा म हराएँ
शीतल जल छर्किदेऊ
शीतल जल छर्किदेऊ, बेहोसीमा म कराएँ



Credits
Writer(s): Ujjwal Saagar
Lyrics powered by www.musixmatch.com

Link