Yo Janam

यो जनम त हाम्रो लागि छोटो हुन्छ जस्तो लाग्छ
भनिदेऊ न, मेरी माया, तिमीलाई कस्तो लाग्छ?
हो, तिमीलाई कस्तो लाग्छ?

घामजून साक्षी राखी भनिदिन्छु, मेरो माया
सबै जुनी तिम्रै लागि
सबै जुनी तिम्रै लागि जन्म लिऊँ जस्तो लाग्छ
हो, जन्म लिऊँ जस्तो लाग्छ

सुन्छु, मायापिरतीमा बाधा पनि हुन्छ अरे
फूलैफूलको गोरेटोमा काँडा पनि हुन्छ अरे
काँडा पनि हुन्छ अरे

हाम्रो माया नरोकिने, बग्ने खोलाजस्तो लाग्छ

आँखैमा खुलेकी नानी तिम्रो
दर्पणमा छाया कति राम्रो

ला-ला-ला, ला-ला-ला-ला-ला-ला-ला-ला-ला
ला-ला, ला-ला-ला-ला-ला-ला
ला-ला, ला-ला-ला-ला

दुई मुटुको एउटै धड्कन रीत नै हो पिरतीको
सातै सुर सजिएको गीत नै हो जिन्दगीको

हाम्रो माया गुञ्जिरहने गीत हुन्छ जस्तो लाग्छ
भनिदेऊ न, मेरो माया
भनिदेऊ न, मेरो माया, तिमीलाई कस्तो लाग्छ?
हो, तिमीलाई कस्तो लाग्छ?

Hmm, hmm, ला-ला-ला-ला



Credits
Writer(s): Sabu Rabi
Lyrics powered by www.musixmatch.com

Link