Nasodha Aaja

नौलो जीवन, नौलो कथाको आज सुरुवात यो
कसैले केही गुमाउने त कसैले पाउने रात यो

नसोच आज के गुम्यो, जुन पायो तेलाई हेर
जो बित्यो बिर्सिदेऊ तेलाई, जुन आउनेछ तेलाई हेर
नसोच आज के गुम्यो

पिरती त जनम-जनमको, पुतलीको खेल हैन यो
अजर-अमर छ गण्डकी, खहरेको भेल हैन यो
जो छुट्दछ किनारमा
जो छुट्दछ किनारमा, छुट्यो त, छोड, छुट्न देऊ

अगाडि छ लहर कतै, भँवर नहोस्, तेलाई हेर
नसोच आज के गुम्यो

गुमाउन पर्छ पाउनलाई, संसारको यो रीत
कसैका लागि हार्नु नै त जिन्दगीको जीत
जितेर हार्छ कोही त
जितेर हार्छ कोही त, यो हारजीत बिर्सिदेऊ

परन्तुसम्म साथ दिने छ साथ जो तेलाई हेर
नसोच आज के गुम्यो, जुन पायो तेलाई हेर
जो बित्यो बिर्सिदेऊ तेलाई, जुन आउनेछ तेलाई हेर
नसोच आज के गुम्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link