Junko Sathi Tara

(डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा)
(डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा)
परेँ, परेँ म त तिम्रो मायाजालैमा, मायाजालैमा

जूनको साथी तारा, नदीलाई किनारा
दिन्नौ भने सहारा मनै रोला नि, बरै, मनै रोला नि

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा
मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा

हे, लगनगाँठो जुराई डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा
डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा

हातैभरि सुनका चुरा, भनिहाल मनका कुरा लाजै नमानी
छाया बनी घामको शीतल, रातैभरि, दिनैभरि केवल तिम्रै सपनी (तिम्रै सपनी)
जाउँला रेलैमा, सरर जाउँला रेलैमा
जाउँला रेलैमा, सरर जाउँला रेलैमा, राखौँला नैनीतालैमा

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा
(ख्यालख्यालैमा परेँ मायाजालैमा)

हे, लगनगाँठो जुराई डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा
डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा

तेलबिनाको बाती, दिनबिनाको राती
तिमी जीवनसाथी बन्छौ-बन्दैनौ? मेरो बन्छौ-बन्दैनौ?
नीलो-नीलो गगन, तिमी बस्ने यो मन
"हजुर मेरो जीवन" भन्छौ-भन्दैनौ? माया, भन्छौ-भन्दैनौ?

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा

हे, लगनगाँठो जुराई डोली चढाई लैजान्या हो आउन्या सालैमा
डोली चढाई लैजान्या हो आउन्या सालैमा

(डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा)
(डोली चढाई लैजान्या हो आउन्या सालैमा)
(डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा)
डोली चढाई लैजाऊ मलाई आउन्या सालैमा



Credits
Writer(s): Bhim Bista
Lyrics powered by www.musixmatch.com

Link