Katha: Episode VII - Jeevan

बिहान सधैँ उठेर
सोच्छु, "किन म यहाँ छु र?"
सुरु गर्नुपर्छ यो दिन सुरुदेखि
झ्याउ लागिसक्यो, life सुरु नि भाछैन

अब के नै गर्नु छ र
कुरा? सबै कुरा ठीक हुन
था छ समय लाग्छ र गाह्रो हुन्छ
तर त्यतिन्जेलसम्म यो पीडा खपी बस न

एक दिन त मरेर जानै छ नि
राम्ररी बाँचूम् यो पलको लागि है हामी
भविष्यमा के हुन्छ मलाई केही पनि था छैन है
जे भए नि बसिराख्नू मेरै साथ तिमीचाहिँ

यो जीवन यस्तै त हो
अहिलेलाई हाँस, भोलि फेरि रोऊ
यो जीवन यस्तै त हो
यो जीवन जीवन नै त हो

भन्छन् धेरै मान्छेहरू
ठीक छैनौ तिमी, so, what should I do?
भन्नेले भन्छन्, भनिराखोस् तिनी
अरू के नै काम छ बाहेक खुट्टा तान्नु?

दिनहरू यस्तो त कति आउँछन्
प्रार्थना गर्छु, राम्रो दिन पनि आउलान्
था छ आउँदै छन्, बढिराछु त्यै भएर
सम्झेर त्यति कुरा मात्र

एक दिन त मरेरै जानै छ नि
राम्ररी बाँचूम् यो पलको लागि है हामी
भविष्यमा के हुन्छ मलाई केही पनि था छैन है
जे भए नि बसिराख्नू मेरै साथ तिमीचाहिँ

जीवन यस्तै त हो
अहिलेलाई हाँस, भोलि फेरि रोऊ
यो जीवन यस्तै त हो
यो जीवन जीवन नै त हो

जीवन, जीवन, यति दुःख नदेऊ न
ए जीवन, जीवन, अलि साथ त देऊ न
ए जीवन, जीवन, तिम्रो दोष के नै छ र?
मेरै गल्ती त हो

एक दिन त मरेर जानै छ नि, हा



Credits
Writer(s): Dixita Karki, Sajjan Raj Vaidya
Lyrics powered by www.musixmatch.com

Link