Shishir Ra Basanta

मेराे हाँसोमा किन प्रश्न गर्छौ
मेराे सोचलाई सेतो रंगले छोप्छौ
हजारौं यी शब्द पनि कम नै पर्यो
तर किन सम्झने प्रयास मर्यो

अँध्यारो मलाई प्यारो होईन
सानाे कुनामा मलाई रहनु छैन
अन्धकार देखि डरै छैन
आशाको किरणले साथ छोड्ने छैन

आफू भित्रको आगोमा जलिरहेँ
त्यही आगोबाट फेरि जन्मिए
कति दिन बिते
वर्षौ बिते
शिशिर र वसन्त लुकामारी खेलिरहे

सिरानी भिज्यो आँसु अब रोक
मन तिमी ठूलो छौ नबिर्स
भोलिको बिहानीले लेराउनेछ
तिम्रो हाँसो
तिम्रो हाँसो

आफूभित्रको आगोमा जलि रहेँ
त्यही आगोबाट फेरि जन्मिए
कति दिन बिते
वर्षौ बिते
शिशिर र वसन्त लुकामारी खेलिरहे

अँध्यारो मलाई प्यारो होइन
सानो कुनामा मलाई रहनुछैन
भोलि को बिहानीले लेराउनेछ
तिम्रो हाँसो
तिम्रो हाँसो



Credits
Writer(s): Swastika Regmi
Lyrics powered by www.musixmatch.com

Link