Malaai Chaana Na

शिथिल छ बोली तिम्रो
माया, तिमी ठिकै त छौ नि?
अधीर छन् ती आँखा तिम्रा
मलाई माया गर्न त गर्छौ नि?

हिजोआज तिम्रो अँगालोमा
अलि अर्कै खाले नौलो लाग्छ
भन न मुस्कुराएर, "पर्दैन मान्न डर
ठिकै छौँ तिमी र म, ठिकै छौँ तिमी र म"

केही बोल न, माया, आत्तिँदै छु म यहाँ
सम्हालिएन मन करले
थाहै नपाएर, माया नआएर
तिमी गुमाएँ भन्ने डरले
माया, केही त भन, मलाई माया गर न
एकैछिन, एकैछिन, whoa

शायद बिर्सिए पो छु कि मेरा यी ढुकढुकीलाई
ठूला शब्दले सजाई सुनाउन
अतीतसँगको सम्बन्धले मेरो
हाम्रो भविष्य नै बदलियो कि

आजभोलि तिम्रो मौनतामा
अलि अर्कै खाले एक्लो लाग्छ
भन न नरिसाएर, "पर्दैन मान्न डर
ठिकै छौँ तिमी र म, ठीक हुन्छौँ तिमी र म"

केही बोल न, माया, आत्तिँदै छु म यहाँ
सम्हालिएन मन करले
थाहै नपाएर, माया नआएर
तिमी गुमाएँ भन्ने डरले
माया, केही त भन, मलाई माया गर न
एकैछिन, एकैछिन

मलाई पहिलेजस्तै हेर, खोज, मलाई जति खेर रोज
मेरै यो अँगालो दिनदिनै
यदि आधा मन मात्रै छ भने सम्झेर त्यही आधी मनले
सधैँभरि माया गर है
मलाई राख न, एकचोटि छान न
म माया दिउँला तिमीलाई पूरै
मन खोलेर बोल न एकफेर
तिमी गुमाउने डरले अत्तालिएँ म त

धेरै अघि तिम्रो थिएँ म
त्यही माया आज मेरो रहेन र?
मायालु, राख न मलाई अझै
एकैछिन, एकैछिन



Credits
Lyrics powered by www.musixmatch.com

Link