Timro Banna Sakina

तिम्रै निम्ति बाँचेको म, तिम्रो बन्न सकिन
तनमन सबै सुम्पेँ तिमीलाई, आफ्नो भन्न सकिन
हो, तिम्रै निम्ति बाँचेको म, तिम्रो बन्न सकिन
तनमन सबै सुम्पेँ तिमीलाई, आफ्नो भन्न सकिन
तिमी मलाई छाडी जान्छौ भने
पराईको काखमा निदाउँछौ भने
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन

तिम्रो लागि मेरो माया मात्र एउटा सपना होला
यहाँ मेरो मन रोएको कसले सुनिदिन्छ होला?
हृदय नै टुक्राइदियौ, कहाँ हाँस्न सकौैँला म?
तिम्रै नाउँको आँसु पिउँदै जिन्दगीभर बाँचौँला
जिन्दगीभर बाँचौँला

तिम्रै निम्ति बाँचेको म, तिम्रो बन्न सकिन
तनमन सबै सुम्पेँ तिमीलाई, आफ्नो भन्न सकिन
तिमी मलाई छाडी जान्छौ भने
पराईको काखमा निदाउँछौ भने
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन

चोखो माया सधैँ मैले तिमीलाई नै गरेको थिएँ
जुनी-जुनी सँगै जिउने कसम पनि खाको थिएँ
भाग्यले नै ठगेपछि कुन मन्दिरलाई भाकौँ म?
तिम्रो जीवनदेखि टाढा, धेरै टाढा भागौँला
धेरै टाढा भागौँला

तिम्रै निम्ति बाँचेको म, तिम्रो बन्न सकिन
तनमन सबै सुम्पेँ तिमीलाई, आफ्नो भन्न सकिन
तिमी मलाई छाडी जान्छौ भने
पराईको काखमा निदाउँछौ भने
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन
तिम्रो बाटोमा कहिल्यै म आउनेछैन
तिम्रो मायाको भीक म माग्नेछैन



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link