Jyotsna

तिमीबिनाको जीवन त के बाँचेको हो र?
दिनहरू केवल काटेको सरह
तिमीबिनाको खुशी त के खुशी होला र?
ओठमा छाएको मुस्कानको के अर्थ? (-को के अर्थ?)

छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको
छातीमा राखे लुकाई तिमीले अरू त डर केको?

वसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा
वसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा
म भमरा भए सोचूँ, "मेरो त स्वर्ग यही होला"
म भमरा भए सोचूँ, "मेरो त स्वर्ग यही होला"

छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको
छातीमा राखे लुकाई तिमीले अरू त डर केको?

"सुन्दरता के हो?" यदि गर्न परे शब्दमा बयान
म केही नसोची चोखो मनले लिनेछु तिम्रो नाम
यदि मृत्युअघि अन्तिमचोटि केही देख्न पाउने भए म
अवसानपछि पनि साथ केही बोकी लान पाउन भए म
म चहान्छु त्यो होस् केवल तिम्रो मीठो मुस्कान
म चहान्छु त्यो होस् केवल तिम्रो मीठो मुस्कान

भावनाले रचेको तिमी एक सुन्दर हौ कविता
भावनाले रचेको तिमी एक सुन्दर हौ कविता
म त खाली एक पाना बनेको तिमीले भरिजान
म त खाली एक पाना बनेको तिमीले भरिजान

छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको
छातीमा राखे लुकाई तिमीले अरू त डर केको?
छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको
छातीमा राखे लुकाई तिमीले अरू त डर केको?

भावनाले रचेको तिमी एक सुन्दर हौ कविता
म त खाली एक पाना बनेको तिमीले भरिजान



Credits
Writer(s): Suman Thapa
Lyrics powered by www.musixmatch.com

Link