Hadima Makai

हाँडीमा मकै भुटिएझैँ, ढिकीमा धान कुटिएझैँ
भुटिरहेको छ, कुटिरहेको छ पीडाहरूले मेरो जिन्दगीलाई
हो, पीडाहरूले मेरो जिन्दगीलाई

न नाम कमाउन सकेँ, न दाम कमाउन सकेँ
हो, न नाम कमाउन सकेँ, न दाम कमाउन सकेँ
पढेको थेँ ऋण काढेर, न साहुको ऋण बुझाउन सकेँ
रोएका ती बाआमालाई न मैले हँसाउन सकेँ

हाँडीमा मकै भुटिएझैँ...

साथीभाइ विदेश गाछन्, म गाउँडुलुवा भाछु
हो, साथीभाइ विदेश गाछन्, म गाउँडुलुवा भाछु
केही गर्न खोज्दा स्वदेशमै म जीवनहरुवा भाछु
गाली गर्छ दुनियाँ मलाई, म त पानीमरुवा भाछु

हाँडीमा मकै भुटिएझैँ, ढिकीमा धान कुटिएझैँ
भुटिरहेको छ, कुटिरहेको छ पीडाहरूले मेरो जिन्दगीलाई

हाँडीमा मकै भुटिएझैँ...



Credits
Writer(s): Harihar Khaniya
Lyrics powered by www.musixmatch.com

Link