Pirai Pir

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

गाह्रो भयो, हजुर, खुलेर हाँस्नलाई
बेरोजगारी, हजुर, भएर बाँच्नलाई
गाह्रो भयो, हजुर, खुलेर हाँस्नलाई
बेरोजगारी, हजुर, भएर बाँच्नलाई

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

चट्ट हेर्दा, हजुर, जिन्दगी दामी छ
सबै ठीक छ, हजुर, पैसाकै कमी छ
चट्ट हेर्दा, हजुर, जिन्दगी दामी छ
सबै ठीक छ, हजुर, पैसाकै कमी छ

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

न त पढाइ, हजुर, न ठूलो लगानी
अब खाडी, हजुर, जाने त होला नि
न त पढाइ, हजुर, न ठूलो लगानी
अब खाडी, हजुर, जाने त होला नि

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

जोगी आउँछन्, हजुर, देउताको भेषमा
जनताभन्दा, हजुर, नेता छन् यो देशमा
जोगी आउँछन्, हजुर, देउताको भेषमा
जनताभन्दा, हजुर, नेता छन् यो देशमा

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

हे-हे-हे, हे, हे-हे-हे-हे, हे-हे-हे-हे-हे
ला-ला-ला, ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला

Frustration ले, हजुर, जाँड बोक्छु झोलामा
उमेर बित्यो, हजुर, चुरोट र भोलामा
Frustration ले, हजुर, जाँड बोक्छु झोलामा
उमेर बित्यो, हजुर, चुरोट र भोलामा

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

विदेश जाँऊ त, हजुर, लाग्दैन भिसा
उमेर पनि, हजुर, पुग्दै छ दुई-२०
विदेश जाँऊ त, हजुर, लाग्दैन भिसा
उमेर पनि, हजुर, पुग्दै छ दुई-२०

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

बाउआमाको, हजुर, सहारा छोरो
कस्तो देशमा, हजुर, जन्मेछु मै मोरो?
बाउआमाको, हजुर, सहारा छोरो
कस्तो देशमा, हजुर, जन्मेछु मै मोरो?

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

घरबारी, हजुर, राखेर बन्धकी
उधारोमा, हजुर, चल्दैछ जिन्दगी
घरबारी, हजुर, राखेर बन्धकी
उधारोमा, हजुर, चल्दैछ जिन्दगी

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

एउटै डर, हजुर, लाग्दछ बेस्कनी
छिमेकीले, हजुर, लान्छ कि देश पनि
एउटै डर, हजुर, लाग्दछ बेस्कनी
छिमेकीले, हजुर, लान्छ कि देश पनि

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

एयरपोर्टैमा, हजुर, मान्छेको ताँती
नेपाल रित्तो, हजुर, हुने भो, ए साथी
एयरपोर्टैमा, हजुर, मान्छेको ताँती
नेपाल रित्तो, हजुर, हुने भो, ए साथी

फूल फुलेर के गर्नु? भीरैभीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ

जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी



Credits
Writer(s): Bhupendra Pandeya
Lyrics powered by www.musixmatch.com

Link